लण्डन । १०८औं नारी दिवसको अवसरमा मनकामना महिला समूह वेस्ट ब्रोव्मिचले एक भब्य कार्यक्रम सम्पन्न गरेको छ l
संस्थाकी अध्यक्ष श्रीमती राधा खरेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा श्रीमती सिता खरेल प्रमुख अथिति, NRNA ICC सहकोषाध्यक्ष श्री सोमनाथ सापकोटा बिशेष अतिथि,
शान्ति नेपाली समाज बेलायतका अध्यक्ष श्री कृष्ण ढकाल, शिर्जनसिल महिला समुहकि प्रतिनिधी श्रीमती जयन्ति थापा, गल्कोट समाजकि प्रतिनिधी श्रीमती दिपा साहनी, नौमती बाजा संयोजक श्री नारायण बुढाथोकी, समाजसेबी तथा बुध्दिजिबि श्री भुपेन्द्र पाठक आदिको आतिथ्य रहेको थियो l
उक्त कार्यक्रममा सभापति श्रीमती राधा खरेल र प्रमुख अतिथि श्रीमती सिता खरेलले दिप प्रज्योलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो l
राष्ट्र र राष्ट्रियताको सम्मानको लागि राष्ट्रिय गान गाई, ज्ञात अज्ञात शहिदहरु प्रति १ मिनेट मौन धारण गरेर अगाडी बढाइएको कार्यक्रमलाइ सस्थाकी सचिब श्रीमती सुनिता तिवारीले संचांलन गर्नुभयको थियो भने सस्थाकि उपाध्यक्ष श्रीमती देवी सापकोटाले स्वागत मन्तब्य दिनुभएको थियो ।
पार्वती भण्डारी, कोपिला भुसाल र पुनम सापकोटाको स्वागत गीत र गोमा घिमिरेको नृत्यले उपस्थित सबैलाई स्वागत तथा सम्मान गरेको थियो l
१२० जना भन्दा बढी महिला दिदि बहिनीहरु तथा दाजु भाई उपस्थित रहेको उक्त कार्यक्रममा NRNA ICC सहकोषाध्यक्ष श्री सोमनाथ सापकोटा, श्री कृष्ण ढकाल, श्रीमती देबी साहनी, श्री भुपेन्द्र पाठक, श्रीमती जयन्ति थापा र श्रीमती सिता खरेल ले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा नौमती बाजाका साथै समुहकि सदस्य अन्जु पाठक र कोषाध्यक्ष सिता अर्याल खरेलको नृत्य तथा सिता पौडेलको
कविताले कार्यक्रममा भरपुर मनोरंजन प्रधान गरेको थियो भने श्रीमती जयन्ति थापाको कविताले सबैको मनमुटु छोएको थियो l
कार्यक्रममा उपस्थित सबैले नारी हक अधिकारका कुराहरु लाइ जोड दिएका थिए l कार्यक्रमकि सभापति श्रीमती राधा खरेलले छोटो समयमा आयोजना गरिएको यस कार्यक्रममा उपस्थित भइ कार्यक्रमलाई भब्य र सब्य बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दै महिलाहरुलाई आर्थिक सामाजिक र शैक्षिक स्तर बृध्दिगरि महिला ससक्तिकरणमा जोड दिनु आजको आवस्यकता रहेको र महिला श्रृष्टि कर्ता र जगत जननी हो भन्दै औपचरिक
कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो l






