लन्डन । आज १०८ औ अन्तराष्ट्रिय दिवस विश्वभरी मनाइएको छ । आजकै दिन नारी दिवसको विषयमा निकै बहस र छलफलल पनि भएका छन् । नारी दिवसमा नारी अधिकार र स्वतन्त्रताकै बारेमा धेरै बोल्ने, लेख्ने चलन पनि पछिल्लो समय प्याप्त देखिन्छ । यसको मतलब नारीहरु हिजो देखी आजको मिती सम्म कुनै न कुनै किसीमले अपहेलनामा परेको तितो यर्थात छ ।
यहाँ समाजको कुरा छाडौ, राज्यले पनि आमाको नामबाट आफ्नो सन्तानलाई कागजी परिचय दिने अधिकार दिन सकेको छैन । भन्ने बेलामा आधा आकाश भन्ने गरिन्छ । आमाको महिमाको गित, कविता लेख्ने, गाउने तर व्यबहार निकै फरक रही आएको छ । यस्तो किन ? भन्ने विषयमा छलफल गर्न आवश्यक देखिन्छ ।
यो प्रश्न पुरुषहरुलाई हैन । हाम्रो चिन्तन र चेतना, विचार र आदर्श माथिको प्रश्न हो यो । नारी दिवस मनाउदै गर्दा पनि र अन्य सामान्य दिनहरुमा पनि हरेक नारीलाई यिनै प्रश्नहरुले पक्कै नि पिरोल्छ । त्यसैले अधिकार सम्पन्न नारीको कल्पना पनि गरौ न हुन्न र ? जेहोस आज सबै नारीहरुले सुखदुख साटासाट गर्दै नारी दिवस मनाउनु भएको छ । नारी दिवसको अवसरमा अवसरमा सम्पूर्णमा १०८ औ नारी दिवसको हार्दिक शुभकामना ।






