काठमाडौं– सत्तारुढ दल एमाले र माओवादी केन्द्रसँग संघीय समाजवादी फोरम नेपालको आज हुने भनिएको वार्ता नहुँने भयो ।
यस अघि ती दलका नेताहरुले आफुहरु सहमतिको अन्तिम विन्दुमा पुगेको र शनिवार बसेर त्यसलाई टुंगाउने बताएका थिए ।
तर, गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरिएको छ ।
फोरम नेपालका महासचिव रामसहाय यादवले पार्टीका अध्यक्ष उपेन्द्र यादव राजधानी बाहिर रहेको तथा अन्य गृहकार्य नपुगेका कारण बैठक स्थगित भएको बताए ।
मधेशका एजेण्डा तथा सविधान संशोधनको विषयमा कुरा मिलिसकेको र अब मन्त्री बाँडफाँटको कुरा मिलाएर शनिवार सहमतिपत्रमा हस्ताक्षरा गर्ने तयारी थियो ।
एमालेले सविधान संशोधनमा सैद्धान्तिक सहमति जनाएको छ । यसका लागि आवश्यक गृहकार्य गर्न कार्यदल बनाउने सहमति भएको स्रोतले बतायो ।
मधेशको कतिपय माग सविधान संशोधनबाट गर्ने र अरु बाँकी सरकारको नीति तथा कार्यक्रम मार्फत सम्बोधन गर्ने सहमति भएको स्रोतले जनाएको छ ।
फोरम नेपालले एक उपासभामुख र तीन मन्त्रालय माग गरेको छ ।
तर, सत्तारुढ दल दुईटा मन्त्रालय दिन तयार छन् ।
यस विषयमा छलफल चलिरहेको थियो ।
अर्को बैठकको समय तोकिएको छैन ।






