लन्डन । गैर आवासीय नेपाली संघ महिला फोरमले आङ खस्ने समस्या भएका महिलाहरुको लागि निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । फोरमको आयोजनामा अछाम जिल्लाको मंगलसेनमार पहिलो नाक कान घाटी स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
२०१८ फेब्रुवरी २६ देखी २७ सम्म संचालन गरिएको महिला शिविरमा पाठेघर समस्या भएका करीव २०० जना भन्दा बढी महिलाहरुले जाँच गराएका थिए । यसरी नै ५०० जना भन्दा बढी महिला, पुरुष र बालबालिकाहरुले नाक कान घाटी सम्बन्धी चेकअप गराएका थिए । तीमध्ये २० जनाको शल्यक्रियाको लागि रेफर गरिएको छ ।






