बेलायतको संसद भवनमा नेपाली बालबालिकाको सहयोगका लागि च्यारिटी [भिडियोसहित]

लन्डन– नेपालका बालबालिकाको हक हित र संरक्षण गर्ने उद्देश्यले च्यारिटी सो कार्यक्रम आयोजना गरिएको छ ।

नेपालका सडक बालबालिकाको संरक्षणका लागि आयोजित सो च्यारिटी सो कार्यक्रम बेलायती सांसद वीरेन्द्र शर्माले गरेका हुन ।

बेलायतमा दर्ता भएको ‘किदाशा’ नामक एक च्यारिटी संस्थामार्फत नेपालमा सडक बालबालिकामाथि भएको उपेक्षा, दुर्व्यवहार र शोषण रोक्नका लागि कार्यक्रम आयोजना गरिएको हो ।

हाउस अफ कमन्समा भएको कार्यक्रममा सयौं उपस्थिति रहेको र कार्यक्रम भब्य रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

ब्रिटेन–नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष राजन कँडेन, सोलिसिटर राजु थापा, एनआरएन यूकेका महासचिव आरके त्रिपाठी, एनआरएन यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, गोर्खा सत्याग्रहका ज्ञानराज राई, बीबीसी नेपाली सेवाका भागिरथ योगी, कान्तिपुर दैनिकका पत्रकार नविन पोखरेल, लन्डन नेपाल न्यूज डट कमका शिव भण्डारी, समाजसेवी हरि केसी, आरती श्रेष्ठ, यादव भण्डारीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा किडासाकी प्रमुख कार्यकारी अधिकृत जेनिस मिलरले नेपालमा तीव्र तर अव्यवस्थित सहरीकरणसँगै सडक बालबालिका र जोखिमयुक्त वातावरणमा काम गर्ने बालबालिकाको संख्या बढेको बताइन् । पोखराजस्ता पर्यटकीय क्षेत्रमा बालबालिकाको यौन शोषण लगायतका जोखिम उच्च रहेको उनको भनाइ थियो । मिलरले किडासाले बालबालिकाका लागि वैकल्पिक शिक्षा, तालिम तथा रोजगारदाताहरुसँग मिलेर बालबालिकाको वृत्ति विकासकालागि काम गरिरहेको जानकारी दिइन् ।