लण्डन । बुद्ध फाउण्डेसन यूकेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले मनोनित गरेका सल्लहकारहरु लाई स्वागत गरिएको छ । फाउण्डेसनमा सल्लाहकार मनोनित हुनेहरुमधे डा बच्चु कैलाश कैनी, राजन कंडेल, फडिन्द भट्टराई, विनोद ज्ञवाली, राजेश पाठक, नारायण गुरुङ, लामा धर्म गुरुङ, सहदेव गिरी लगायतको उपस्थितिमा नवनियुक्त सल्लाहकारहरुलाई एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको हो ।
फाउण्डेसनको सल्लाहकार मनोनित हुनेहरु मोहन गुरुंग, कुमार श्रेष्ठ, श्रीचन्द्र गुरुंग, शिबजी श्रेष्ठ, निलहरी घिमिरे, सुवसिंह गुरुंग, सुमल गुरुंग भोला खनाल, शान्ति थापा, श्याम शेरचन र पशुपति भण्डारी भने कार्यक्रममा उपस्थिति थिएनन।
एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी पदेन प्रमुख सल्लाहकार राख्ने व्यवस्था अनुरुप प्रमुख सल्लाहकार मनोनित गरिएको बताएता पनि कार्यक्रमका प्रमुख अथिति समेत रहेका अध्यक्ष फगामी अन्तिम समयमा आएर आफु उपस्थिति हुन नसक्ने बताएको भन्दै एनआरएन युकेका उपाध्यक्ष ललित न्यौपानेलाई प्रमुख अतिथी बनाएर कार्यक्रम सन्चालन गरिएको थियो ।
फाउण्डेसनका अध्यक्ष दिपक श्रेष्ठको सभापतित्व सम्पन्न कार्यक्रमका प्रमुख अतिथी एनआरएन यूके उपाध्यक्ष ललित न्यौपानेले सल्लाहकारहरुलाई खादा तथा प्रमाणपत्रसहित स्वागत गरेका थिए ।
महासचिव अर्जुन कटुवालले संचालन गरेको कार्यक्रमका सहभागीहरुलाई फाउण्डेसनका उपाध्यक्ष हरिश ज्ञवालीले स्वागत मन्तव्य दिएका थिए । अर्का उपाध्यक्ष सचिन श्रेष्ठले एक पावर पोइन्ट प्रिजेन्टेसनमार्फत फाउण्डेसनले सन २०१७ मा स्थापना भएयता गरेका कार्यहरुबारे अपडेट गराएका थिए ।
कोषाध्यक्ष राजन खकुरेलले संस्थाको आयव्ययका साथै कपिलवस्तुको बुद्ध बृद्धाश्रम निर्माणका लागि आयोजित च्यारिटीमा उठेको कोषबारे विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सल्लाहकारहरुको तर्फबाट शुभकामना मन्तव्य राख्दै डा. बच्चुकैलाश कैनीले सकारत्मक सोचको साथमा आएको फाउण्डेसनको सल्लाहकारमा आफुलाई पनि मनोनित गरिएकोमा खुसी भएको बताउदै आफ्नो साथ, सहयोग रहने प्रतिबद्धता गरे ।
नेपाल पत्रकार महासंघ यूकेका उपाध्यक्ष ध्रुबराज अर्यालले समाजका विभिन्न क्षेत्रमा स्थापित व्यक्तित्वहरु फाउन्डेसनमा सल्लाहकार मनोनित भएको भन्दै उनीहरुको अनुभव, सीप र ज्ञानबाट फाउन्डेसन लाभान्वित हुने विश्वास व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथी तथा एनआरएन यूके उपाध्यक्ष ललित न्यौपानेले फाउण्डेसनले गरिरहेका कार्यहरुको प्रशंसा गर्दै एनआरएन यूके पनि फाउण्डेसनसंग सहकार्य गर्दै अघि बढन तयार रहेको धारणा राखे ।
फाउण्डेसनका अध्यक्ष दिपक श्रेष्ठले यस कार्यसमितिको सल्लाहकार टिममा बस्न स्वीकार गरि दिनु भएको भन्दै सल्हाकारहरुको प्रसंसा गर्दै सबैको सहयोगका कारण फाउण्डेसन स्थापनाको छोटो समयमै आफ्नो स्थान बनाउन सफल भएको बताए ।
करिब एक करोड २५ लाख रुपैयांको अनुमानित लागतमा निर्माण गर्न लागिएको वृद्धाश्रम सम्पन्न गर्न चुनौति रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले निर्माणका लागि अझै आर्थिक सहयोग आवश्यक रहेको समेत बताए ।
यसैबीच फाउण्डेसनले आयोजना गर्न लागेको आउंदो मे ५ मा लण्डनको टाफल्गर स्क्वायरमा बुद्धजयन्ती कार्यक्रमबारे विस्तृत छलफल गरिएको थियो । कार्यक्रमका संयोजक सुर्य गुरुङले पावरपोइन्ट प्रिजेन्टेसनमार्फत कार्यक्रमको लागि भइरहेको तयारीबारे जानकारी गराए ।
कार्यक्रममा सुरेन रुपाखेती, धनराज मल्ल, ह्यारी गुरुङ, महेन्दविक्रम कुंवर, जिवन सेन, अभि महर्जन, निरञ्जन खडका, सिम्मी पुन लगायतका फाउण्डेसनका पदाधिकारी तथा सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।






