नेकपा एमालेका नेता माधव नेपालले सहमतिबाटै संविधान ल्याउनुपर्नेमा जोड दिनुभएको छ । आज बिहान महेन्द्रनगरमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले दलहरुबीच सहमति गरी संविधान जारी गर्नुपर्ने एकमात्र उपाय रहेको बताउनुभएको हो । दलहरुबीच नयाँ चरणको छलफल सुरु भएकोले वार्ता, संवादको शृंखला चल्ने उहाँको विश्वास छ ।
उहाँले एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाको बैठकबाट समेत केहि सकारात्मक निर्णय गरेको उल्लेख गर्नुभयो । उहाँले दलहरुबीचमा सहमतिका लागि हदैसम्मको प्रयास भइरहेको भन्दै सहमति नै हुन सकेन भने पर्खेर बस्न नसकिने धारणा राख्नुभयो । उहाँले आप्mनो पार्टी एमालेमा देखिने गरेका गुट–उपगुट अन्त्य गरेर पार्टीलाई बलियो बनाउने तर्फ केन्द्रीत हुन कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ ।
यसैबीच, नेता प्रकाश ज्वालाले सहमतिका लागि अहिले प्रक्रिया स्थगित गरिएको बताउनुभएको छ । आज सल्यानमा पत्रकारसँग कुरा गर्दै ज्वालाले विपक्षी मोर्चाले भने जस्तो माघ ११ को प्रक्रिया खारेज हुन नसक्ने ठोकुवा गर्नुभयो । उहाँले आन्दोलन गरेर सडकबाट संविधान नबन्ने भन्दै विपक्षी दललाई वार्तामा आएर संविधानसभाबाट संविधान जारी गर्न आग्रह गर्नुभयो ।
दलहरुबीच नयाँ चरणमा छलफल






