काठमाडौं– प्रदेश २ को मुख्यन्यायाधिवक्तामा दिपेन्द्र झा नियुक्त भएका छन् ।
प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले झालाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्न सिफारिस गरेका हुन् । अधिवक्ता झा संवैधानिक कानुनका ज्ञाता हुन् ।
प्रदेश सरकारको कानुनी सल्लाहकार मानिने मुख्य न्यायाधिवक्ताको वरीयता उच्च अदालतको न्यायाधीश सरह हुन्छ ।






