एमाले–माओवादी एकता : आयो ‘फिप्टी–फिप्टी’को नयाँ सूत्र

kf6L{ Pstf ;+of]hg ;ldltsf] a}7s nlntk'/sf] dfgejgdf a'waf/ a;]sf] g]skf -Pdfn]_ / g]skf -dfcf]jfbL s]Gb|_sf] kf6L{ Pstf ;+of]hg ;ldltsf] a}7s . tl:a/M gjLg kf}8]n, /f;;

काठमाडौं– सहमति नजिक पुगेको भनिएको एमाले–माओवादी एकता र शक्तिको बाँडफाँडको विषय ‘नाटकीय’ रुपमा भाँडियो ।

लगत्तै असर देखियो, माओवादीको समर्थनमा हिजो केपी ओली प्रधानमन्त्री भए । सानो आकारको मन्त्रिमण्डल पनि बनाए । तर, सरकारमा माओवादी सहभागी भएन ।

आखिर खेल कहाँ विग्रियो ?

यस विषयमा प्रचण्ड निवासमा माओवादीका नेताहरुवीच अनौपचारिक कुराकानी भएको छ ।

यस्तो कुराकानीमा सहभागी माओवादीका एक नेताका अनुसार एमालले वैचारिक रुपमा धेरै दवाव दिएपछि एकताको विषयमा ‘ब्रेक’ लागेको हो ।

एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त के बनाउने भन्नेमा एमाले र माओवादी नेताहरुबीच फरक–फरक धारणा आएका छन् ।

एमाले नेताहरुले ‘जनताको बहुदलीय जनवाद’ लाई एकीकृत पार्टीको मार्ग निर्देशक सिद्धान्त स्वीकार गर्नुपर्ने अडान लिएका छन् ।

जवकि माओवादी नेताहरुले ‘२१औं शताब्दीको जनवाद’ लाई स्वीकारेर जानुपर्ने अडानमा छ ।

दुई पार्टीका नेताहरुबीच देखिएको यो सैद्धान्तिम मतभेद पार्टी एकता र सरकार गठनसम्ममा देखिएको छ ।

माओवादी नेताहरु एमालले वैचारिक दवाव बनाएको बुझाईमा देखिएका छन् ।

एकतामा ‘फिप्टी–फिप्टी’

चुनावी तालमेलमा ६० र ४० प्रतिशत सीट ल्याएर एमाले र माओवादवीच गठबन्धन भएको थियो ।

तर, माओवादी नेताहरुले पार्टी एकतामा चाहिँ ‘फिप्टी–फिप्टी’ अर्थात आधा–आधाकै सूत्रमा अगाडि बढने निश्कर्ष निकालेका छन् ।

‘चुनावी गठबन्धन बनाउदा हामीले ६० र ४० वा ७० र ३० का कुरा गरेका हौँ । पार्टी एकतामा यही सूत्रले काम गर्दैन । हरेक कुरामा आधा–आधा हुन्छ ।’ अनौपचारिक कुराकानीमा प्रचण्डले बताएको माओवादीका एक नेताले सुनाए ।

प्रधानमन्त्रीको कार्यकाल, पार्टी अध्यक्षको जिम्मेवारीदेखि अन्य सवै शक्तिमा आधा–आधाको हिस्सामा मात्र सहमति जुटने ती नेताको दावी छ ।

कुरा मिल्छ –प्रचण्ड

त्यसैबीच आफु नजिकका नेताहरुसँगको छलफलमा प्रचण्डले ढिलोचाँडो एकताका विषयमा कुरा मिल्ने बताएका छन् ।

‘अहिलेको राजनीतिक शक्ति सन्तुलनमा एमालेले चाहेर पनि एक्लै अगाडि जान सक्दैन । मलाई लाग्छ ढिलोचाँडो कुरा मिल्छ ।’ प्रचण्डको भनाई उद्धृत गर्दै अनौपचारिक छलफलमा बसेका एक नेताले सुनाए ।