लसएन्जलस । नेपाल आइडलको मेगा कन्सर्ट सफल बनाउन स्थानीय प्रवुद्ध नागरिक सहभागी रहेको आयोजक समिति गठन गरिएको छ। तामाङ सोसाइटी उत्तर अमेरिकाका उपाध्यक्ष टेक वाइवा लामाको नेतृत्वमा १३ सदस्यीय नेपाल आइडल मेगा कन्सर्ट आयोजक समिति गठन गरिएको हो।
धुर्मुश सुन्तली फाउन्डेसन र पश्चिम नेपालको युद्ध पीडित बालबालीकाको शिक्षाको लागि सहयोग पुर्याउने उद्देश्यले आयोजित नेपाल आइडल मेगा कन्सर्ट तयारीका लागि गठन गरिएको समितिमा तारा गुरुङ, बिरबल बुढाथोकी, गोपाल अधिकारी, समसेर भण्डारी,आशिका श्रेष्ठ, डोल्मा लामा(प्रचार(प्रसार संयोजक, राधा आचार्य, चीरन गौतम, देवी चरण घिमिरे, अन्जना बस्नेत, उत्तम थापा, अनिल केसी, अमित लुइँटेल र अर्जुन ठकुरी रहेका छन्।
आयोजकका अनुसार नेपाल आइडलको मेगा कन्सर्टबाट बचेको रकम धुर्मुस सुन्तली फाउन्डेसन र पश्चिम नेपालको द्वन्द्ध पीडित बालबालीकाको शिक्षाका लागि सहयोग गरिनेछ ।






