लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रलाई १ हजार वटा ह्विलचेयर उपलब्ध गराउने भएको छ । एनआरएनका अनुसार केन्द्रका संस्थापक अध्यक्ष खगेन्द्र बहादुर बस्नेतको ९०औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा संघका अध्यक्ष भवन भट्टले अपांगता भएका व्यक्तिहरुलाई उत्पादन क्षेत्रमा सक्रिय गराई उनीहरुले उत्पादन गरेका सामग्रीहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याएर खरिद गर्ने व्यवस्था मिलाउन पहल गरिनेछ । साथै अपांगता भएका व्यक्तिको लागि अपांगतामैत्री ई–लाइब्रेरी स्थापनाका लागि पहल गरिने एनआरएनले जनाएको छ ।
एनआरएनले खगेन्द्र नवजीवन केन्द्रलाई १ हजार वटा ह्विलचेयर उपलब्ध गराउने






