निर्माण ब्यवसायी गौचनलाई गोली प्रहार गर्ने सुटर श्याम गोम्बे पक्राउ

लन्डन। नेपाल प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली प्रहार गर्ने सुटर श्याम गोम्बेलाई पक्राउ गरेको छ । गौचनको गत २३ असोजमा काठमाडौंमा हत्या भएको थियो । यसअघि प्रहरीले गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्न्यातसहित ११ जनालाई पक्राउ गरेपछि गोली हान्नेलाई प्रक्रन सकेको थिएन । अर्का सुटर अमरबहादुर राणा अझै फरार छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले   उनको खोजी कार्य भइरहेको जनाएको छ ।