लन्डन । नेपालमा भइरहेको भयावह सडक दुर्घटना रोक्ने उद्देश्यले गठित एनआरएन आइसिसी रोड सेफ्टी विभागले काठमाडौ महानगर प्रमुख विद्यासुन्दर शाक्यसँग भेटभाट गरेको छ । टोलीले काठमाडौमा सडक दुर्घटना कसरी रोक्न सकिन्छ ? भन्ने विषयमा छलफल गरेको जनाएको छ ।
एनआरएनए आइसिसी रोड सेफ्टी विभागका संयोजक थर्कप्रेम सेनका अनुसार दुवै पक्ष मिलेर कसरी सडक दुर्घटना न्यूनीकरण गर्न सकिन्छ भनेर छलफल भएको हो । टोलीमा एनआरएनए प्रवक्ता भूषण घिमिरे, एनआरएन आइसिसी सदस्य शूस्मा राई, एनआरएनए आइसिसी रोड सेफ्टी विभागका विभाग सचिव बाकसपती रेग्मीलगायतको सहभागिता रहेको थियो






