एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा जिम्बाबेले युनाईटेड अरब ईमाईरेट्स युएईलाई ४ विकेटले हराएको छ । न्युजिल्याण्डको नेल्सनमा सम्पन्न खेलमा युएईले दिएको २ सय ८६ रनको लक्ष्य जिम्बाबेले ४८ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । जिम्बाबेलाई विजयी गराउन सिन विलियम्सले अविजित ७१ रनको योगदान दिए ।
यसअघि टस हारेर पहिले व्याटङ गरेको युएईले ७ विकेट गुमाएर २ सय ८५ रन जोडेको थियो । युएईका लागि शैमान अनवरले ६१ रन तथा खुरम खानले ४५ रनको योगदान दिए । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको एशोसिएट राष्ट्र युएईले २० वर्षपछि पहिलो पटक एक दिवसिय विश्वकप क्रिकेट खेलीरहेको छ ।
यसअघि युएईले सन् १९९६ मा पहिलो पटक विश्वकप क्रिकेट खेलेको थियो । एशीयामा टेष्ट नखेल्ने राष्ट्रहरुमा युएई सर्वाधिक सफल टोली हो । उसले ४ पटक एसीसी ट्रफी र एक पटक आईसीसी ट्रफीको उपाधि हात पारेको छ । विश्वकप क्रिकेट अन्तर्गत भोलि हुने खेलमा इंग्लण्डले आयोजक टोली न्युजिल्याण्डको सामना गर्नेछ । जारी प्रतियोगितामा न्युजिल्याण्डले लगातार दुई खेल जितीसकेको छ भने इंग्लण्ड पहिलो जीतको खोजीमा छ ।
विश्वकप क्रिकेटमा जिम्बाबे विजयी






