लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएन ) आयरल्याण्डले एक दिने गोष्ठी तथा विद्यार्थीलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संघले २०१७ मा ग्याजुयसन गर्ने विद्यार्थी सम्मान गरेको हो ।
एनआएनए केन्द्रीय सह कोषाध्याक्ष सोम सापकोटाले विद्यार्थीलाई सम्मान प्रदान गर्नुभएको थियो । सो अवसरमा बोल्दै सहकोषाध्यक्ष सापकोटाले प्रवासमा बसेर उच्च शिक्षा हासिल गर्न सफल विद्यार्थीलाई थप प्रगतिको शुभकामना दिनुभयो ।






