नेपालमा प्रदेश प्रमुखलाई शपथ

/fi6«klt e08f/Laf6 k|b]z k|d'vnfO{ zky /fi6«klt ejg zLtn lgjf;df cfh cof]lht ljz]if ;df/f]xdf /fi6«klt ljBfb]jL e08f/Ln] gjlgo'Qm ;ft} k|b]zsf k|d'vnfO{ kb tyf uf]kgLotfsf] zky u/fpg'xF'b} . tl:a/ /f]zg ;fksf]6f /f;;

लन्डन । नेपालमा केहि दिन अघि मात्र सरकारले तोकेको प्रदेश प्रमुखहरुलाई पद तथा गोपनीयताको शपथ खुवाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोहमा सातै प्रदेशका प्रमुखलाई शपथ गराएकी हुन् ।

सरकारले प्रदेश नं १ का प्रा डा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नं २ का रत्नेश्वरलाल कायस्थ, प्रदेश नं ३ का अनुराधा कोइराला, प्रदेश नं ४ का बाबुराम कुँवर, प्रदेश नं का ५ उमाकान्त झा, प्रदेश नं ६ का दुर्गाकेशर खनाल र प्रदेश नं ७ का मोहनराज मल्ललाई प्रमुख तोकेको थियो ।