पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमको सञ्चालक समिति बैठकले पेट्रोलमा एक, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई–दुई रूपैयाँ बढाएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल एक लिटरलाई १०३ रूपैयाँ पर्नेछ।

डिजेल र मट्टितेलको एक लिटरको मूल्य ८१–८१ रुपैयाँ पुगेको छ। खाना पकाउने ग्यासको मुल्य भने बढेको छैन।