लन्डन । जनवरी तेश्रो सातादेखि पोखरामा हुन लागेको ‘आहा रारा गोल्ड कप’ मा सहभागिता जनाउन सहारा यूकेको टोली नेपाल प्रस्थान गरेको छ । सहारा यूकेका अध्यक्ष मीनबहादुर गुरुङ साईंलाको नेतृत्वमा करिब दश जनाको समूह नेपाल प्रस्तान गरेको हो ।
टोलीमा महासचिव कृष्ण गुरुङ, सह कोषाध्यक्ष शारदा गुरुङ, एफसी सिइओ धनु थकाली, मिडिया सेक्रेटरी बाचस्पति रेग्मी, सल्लाहकार सेरा गुरुङ, सदस्यहरु जगन गुरुङ, देव गुरुङ र हेम गुरुङ, शारदा गुरुङ लगायत रहेका छन् ।
१६ औं आहा रारा गोल्ड कप आगामी २३ जनवरीदेखि ३ फेब्रुअरीसम्म पोखरा रंगशालामा हुंदैछ । सहारा यूके टोलीले आगामी २१ तारिखका दिन आफूले निर्माण गरेको सिन्धुपाल्चोकको हाइबुङ महादेवस्थान माध्यमिक विद्यालय उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम तय गरेको छ ।






