प्रधानमन्त्रीले डाकेको बैठक बस्न सकेन, प्रदेश प्रमुखको टुंगो अन्यौल

काठमाडौं- प्रदेश प्रमुख र मुकाम टुंग्गो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवालले बोलाएको बैठक बस्न सकेन ।

प्रधानमन्त्री देउवाले छलफलका लागि नेकपा एमाले र माओवादीको शीर्ष नेतालाई बालुवाटा बोलाए पनि दुवै पार्टीका नेताको अनुपस्थितिका कारण बैठक बस्न नसकेको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ ।

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल देश बाहिर भएका र अन्य शीर्ष नेताबालुवटार नगएका कारण बैठक बस्न नसकेको हो । बैठक बस्न नसकेपछि प्रदेश प्रमुख र मुकाम तोक्ने बिषय अन्यौल बनेको छ ।

बैठकमा कम्युनिस्ट पार्टीका नेताहरु अनुउपस्थित भए कांग्रेसका शीर्ष नेताहरुसँग छलफल थालेका छन् ।