लण्डन । एक पछि अर्को हिट गीत बजारमा ल्याएर चर्चा कमाउन सफल गायक दीपक नेपालीको ‘स्वर्गै सरी सुदुरपश्चिम’ सार्वजनिक भएको छ ।
रोहित चन्दको शब्द रहेको उक्त गीतमा भने दीपक नेपाली र देवी घर्तीको मिठो स्वर रहेको छ ।‘स्वर्गै सरी सुदुरपश्चिम’ बोलको उनको गीत बास्तवमै मुटु कुटुक्कै खानेखालको छ ।
भिडियोमा लोकेन्द्र जि सि र आशा खड्काले अभिनय गरेका छन् ।
उक्त गीतको एरेन्जर इन्द्र जि सि हुन् भने डाइरेक्टर लोकेन्द्र जि सि र छायांकन टंग केसीले गरेका छन् ।
गीतको म्युजिक भिडियो हेर्नुहोस






