लन्डन– बेलायती राजकुमार ह्यारीको अमेरिकी एक नायिकासँग हुने विवाह समारोहको तयारी तीब्र पारिएको छ ।
अमेरिकी महिला मेगान मार्कलसँग सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेका राजकुमार ह्यारीको बिहे तय गत नोभेम्बरमा मात्रै तय भएको थियो । प्रेमी जोडीको रुपमा राजकुमार ह्यारी र मार्कलको फोटो गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिक भएको थियो ।
आगामी मे १९ तारिखमा विन्सोर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा भव्य विवाह हुने तयारी छ ।
वैवाहिक समारोहमा २६ सयभन्दा बढीलाई निमन्त्रणा गरिनेछ। अतिथिबाहेक एक लाख भन्दा बढी सर्वसाधारण सहभागी हुने अनुमान गरिएको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् ।
थेम्स भ्याली प्रहरीले समारोहको सुरक्षा जिम्मा लिएको छ। बिहे समारोहमा सुरक्षा प्रदान गर्न मात्र ३० मिलियन पाउन्ड (४ अर्ब रुपैयाँभन्दा बढी) खर्च छ । सुरक्षा जाँच विमानस्थलसरह हुनेछ ।






