राजदूत सुवेदीद्वारा विश्व ऊर्जा परिषदमा ओहोदाको प्रमाणपत्र पेस

लन्डन– बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले पुस २६ गते बुधबार विश्व ऊर्जा परिषदका महासचिव क्रिस्टोफ फेरीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

विश्व ऊर्जा परिषदका स्थायी प्रतिनिधिसमेत रहेका राजदूत सुवेदीले फेरीसमक्ष ोहोदाको प्रमाणपत्र पेस गर्दै नेपालमा हालै भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको जानकारी गराए ।

सुवेदीले नेपालमा करिव ४३ हजार मेगावाट विद्युत् उत्पादन क्षमता रहेको जानकारी दिंदै आर्थिक विकासको मेरुदण्ड रहेको विद्युतको विकास गर्न नेपाल सरकार प्रतिबद्ध रहेको पानि बताए ।

फेरीले परिषदको स्थायी प्रतिनिधि भएकोमा सुवेदीलाई बधाई दिंदै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने जानकारी दिए ।

उक्त समारोहमा राजदूतावासका काउन्सेलर तथा उपनियोग प्रमुख शरदराज आरणको समेत उपस्थिति रहेको लन्डनस्थित दूतावासले एक विज्ञप्तिमार्फत जनाएको छ।