६५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको पुर्वसन्ध्यामा आज घरघरमा दिपावली गर्न सरकारले सबै नेपालीहरुलाई आह्वान गरेको छ । नेपालमा राणा शासन अन्त्य भई २००७ साल फागुन ७ गते प्रजातन्त्र प्राप्त भएको दिनको सम्झनामा प्रजातन्त्र दिवस मनाउने गरिन्छ । भोलि दिवसको मुख्य दिन काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको छ । फागुन ७ गते विहानै धरहराबाट बिगूल बजाएर प्रजातन्त्र दिवसलाई स्वागत गर्ने र तोप बढाईं गर्ने प्रजातन्त्र दिवस मूल समारोह समितिले जनाएको छ । प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा गठित मूल समारोह समितिले भोली नै सैनिक मन्चमा विषेश कार्यक्रम पनि आयोजना गर्दै छ । त्यसअघि झाँकी सहितको ¥यालीले शहरका बिभिन्न भाग परिक्रमा गर्ने छ । प्रजातन्त्र दिवसकै दिन प्रधानमन्त्री कोइरालाले देशवासीलाई सम्वोधन गर्ने कार्यतालिका छ । निरंकूश राणा शासन अन्त्य भइ जनताको शासन सुरु भएको स्मरणमा काठमाडौं उपत्कासहित देशभर बिभिन्न कार्यक्रम आयोजना गरिन्छ । १० बर्षे जनयुद्धको बलमा सुरु भएको ०६२÷०६३ को जनआन्दोलनले नेपालमा गणतन्त्र स्थापना गरेपछि भने प्रतातन्त्र दिवसलाई कम महत्व दिइएको छ ।
आज घरघरमा दिपावली






