किन दिए बेलायती मन्त्री जेम्सले राजीनामा?

लण्डन । बेलायतको उत्तरी आयरल्याण्ड मन्त्री जेम्स ब्रोकेन्साएरले राजीनामा दिएका छन्।

स्वास्थ्यमा समस्या देखाउँदै उनले सोमबार राजीनामा दिएको अधिकारीहरुले जानकारी दिएका छन्।

प्रधानमन्त्री टेरिजा मेलाई ब्रोकेन्साएरले बुझाएको राजीनामा पत्रमा आफ्नो शल्यक्रिया गर्नु पर्ने भएकाले राजीनामा दिएको उल्लेख गरेका छन्।

“मेरो दाहिने श्वासनलीमा सानो चोट देखिएको छ, त्यसलाई तत्काल उपचार गर्नु पर्ने भएको छ, त्यसैले अहिले मेरो प्राथमिकता मेरो स्वास्थ्य र मेरो परिवार नै भएको छ,” उनले राजीनामा पत्रमा लेखेका छन्।

प्रधानमन्त्री मेले मन्त्रीपरिषद्का सदस्यहरु हेरफेर गरेकै दिन मन्त्री ब्रोकेन्साएरले स्वास्थ्यको समस्या देखाउदै राजीनामा दिएका हुन्।

उनले मन्त्री परिषद्का धेरै जनालाई हेरफेर गर्ने अनुमान भइरहेका बेला सोमबार आफ्नो कन्जरभेटीभ पार्टीका अध्यक्षलाई नै हटाएका छन्।

जुनमा भएको आम निर्वाचनमा पार्टीको कमजोर अवस्था देखिएकाले अध्यक्ष ब्रान्डोन लेविसलाई प्रधानमन्त्री मेले मन्त्रीबाट हटाएका हुन्। लेविसको सट्टामा पाट्रीक म्याकलौघलिनलाई जिम्मेवारी दिइएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले जनाएका छन्।