गृह मन्त्रालय पाए ५० प्रतिशत अपराध घटाउँछुः पण्डित

POST PHOTO/KIRAN PANDAY/KANTIPUR

भक्तपुर- एमालेका नेता एवं पुर्वमन्त्री लालबाबु पण्डितले आफूले गृह मन्त्रालयको जिम्मेवारी पाए हाल भएका मध्ये ५० प्रतिशत अपराध न्यूनिकरण गर्ने दाबी गरे ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारमा नेता पण्डितले राजनीति र अपराधको साँठगाँठकै कारण हुने अपराध न्यूनिकरणको उपाय आफूसँग भएको र त्यहि कार्यनीति र रणनीतिका साथ अघि बढे अपराध न्यूनिकरण जुनसुकै मन्त्रीले गर्न सक्ने दावी गरे ।

हरेक मन्त्रीले पाएको जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्न सके देशले १० बर्षमै बिकासको फड्को मार्न सक्ने बताउँदै मन्त्रीले सफलता पूर्वक इमान्दार भएर काम गरे बिदेशमा भएका युवाहरुलाई स्वदेशमै काम दिएर बिदेशबाट आएको विप्रेषणले देश चलाउने कामको अन्त्य हुने बताए । उनले २० बर्षमै नेपाललाई दातृ राष्ट्रको रुपमा समेत बिकास गर्न सकिने दाबी गरे ।
उनले राष्ट्रिय सभाको विधेयक एक दुई दिन भित्र नै राष्ट्रपतिद्वारा सहमतिका आधारमा वा संशोधनबाट पारित हुने जानकारी दिँदै राष्ट्रपतिलाई बिबादमा तान्ने काम गलत भएको बताए ।

प्रदेशको राजधानीका बिषयमा बृहत छलफल भइरहेका कारण प्रदेश राजधानी प्रदेश सभाले जनताको भावना अनुसार नै तोकिने जानकारी दिए । उनले प्रदेश राजधानी बनाउनु भन्दा पहिला ब्यापक छलफल गरेर मात्र कामलाई अघि बढाए त्यसको सकारात्मक प्रभाव भोलीको पिढीले अनुभुत गर्ने बताए ।

वाम गठबन्धनको एकिकरण पदको कारणले नभएर दुवै पार्टीको नेतृत्वको सहमति अनुसार सबै पद बाँडफाँड पश्चात पार्टी एकिकरण हुने भन्दै उनले माघ ७ गतेभित्रै नयाँ सरकार गठन हुने र त्यसको नेतृत्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताए ।