लण्डन । नआउ तिमी सजिएर…’ बोलको गजलको भिडियोमा लगभग ५ बर्षको युके बसाई पछि नेपाल फर्किएकी नायिका सारा श्रीपाली को बेजोड अभिनय देख्न सकिन्छ ।
बेलायतमा बस्दै आएका गीतकार नृपेश उप्रेतीको गजल गायक हिमाल सागरको आवाजमा बुढासुब्बा म्युजिकले बिहीबार गजलको म्युजिक भिडियो सार्वजनिक गरेको हो ।
अर्जुन अधिकारीको निर्देशनमा बनेको यो भिडियोमा नायिका सारासंगै मोडेल रवि सिंहले अभिनय गरेका छन् ।
साराले युकेमा ४ वटा म्युजिक भिडियोमा काम गरिसकेकी छिन् ।






