बेलायतका उपप्रधानमन्त्री बर्खास्त

लन्डन – बेलायतमा प्रधानमन्त्री टरिजा मेका निकटस्थ रहेका उपप्रधानमन्त्री डेमियन ग्रीनलाई आचारसंहिता उल्लंघनमा दोषी ठहर गर्दै बर्खास्त गरिएको छ।

सन् २००८ मा उनको कार्यालयको कम्प्युटरमा पाइएका अश्लिल सामग्रीबारे झुट्टो जानकारी दिएको एउटा जाँचले निष्कर्ष निकालेपछि उनी बर्खास्त भएका हुन्। आफ्नै कन्जरभेटिभ दलकी एक जना महिला अभियानकर्तालाई दुर्व्यवहार गरेको दाबीबारे पनि उनी विरुद्ध अनुसन्धान भइरहेको थियो।

ग्रीनले आफूले गल्ति नगरेको बताएका छन्। डेमियन ग्रीन र प्रधानमन्त्री टरिजा मेको मित्रता अक्सफर्ड विश्वाविद्यालयमा उनीहरु सँगै अध्ययन गर्ने बेलादेखि सुरु भएको थियो। बेलायत युरोपेली संघबाट बाहिरिने सहितका कैयौं चुनौतीका माझ एक जना नजिकका मित्र र साझेदार गुमाउनु मेका लागि कठीन हुनेछ।

मे र ग्रीन दुवैका लागि यो गम्भिर धक्का भएपनि यसले राजनीतिज्ञहरुको व्यवहारबारे सवालहरु उठाएको छ।(बिबिसी)