लण्डन दूतावासमा, नेपालमा लगानी र व्यापार’बारे एक सेमिनार [भिडियो सहित]

लण्डन । ‘नेपालमा लगानी र व्यापार’ को विषयमा एक सेमिनार सम्पन्न भएको छ । बिहिबार सांझ लण्डनस्थित नेपाली दूतावास र ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बिएनसिसी) को संयुक्त आयोजनामा ‘ट्रेड एण्ड इन्भेस्टमेन्ट विथ नेपाल’ विषयक सेमिनार भएको हो ।

नेपाली दूतावास र ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बिएनसीसी) को संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाल सरकारले वैदेशिक लगानीलाई सधैं स्वागत गर्ने बताए ।

बेलायती तथा नेपाली व्यवसायीहरु सहभागी उक्त कार्यक्रममा बिएनसीसी अध्यक्ष राजन कंडेलले नेपालमा लगानी र व्यापारका अवसरबारे चर्चा गर्दै,नयाँ बन्दै गरेको सरकारका प्रमुख साझेदार पार्टीहरु समेत नेपालमा लगानीको लागि सकरात्मक रहेको वताए ।

कंडेलले नेपालमा ८१ देशका २९५९ प्रोजेक्ट सञ्चालन भएको बताउंदै युनिलिभर, एनसेल, स्ट्याण्डर्ड चार्टर्ड बैंक आदि वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरुको सफलताको उदाहरण प्रस्तुत गरे ।

कार्यक्रममा बेलायतको विदेश मन्त्रालय (फरेन एण्ड कमनवेल्थ अफिस) की नेपाल डेक्स अफिसर जेनिफर नेल्सनले निर्वाचनपछि आर्थिक विकासमा नेपालले फड्को मार्ने अपेक्षा व्यक्त गरिन् ।

कार्यक्रममा लन्डन गोर्खा स्कुलका डा. मार्टिन राइट, बिजनेश ग्रोथ इन्टरनेशनलका संस्थापक डेरी लेवेलिन डेभिज, बिएनसीसी अनरेरी चिफ एक्जुकेटिभ रिचार्ड पेली, कन्जरभेटिभ पार्टी लन्डनका पूर्व उपाध्यक्ष किसन देबानी, बिएनसीसी उपाध्यक्ष एलान सांका, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, प्रवक्ता रमेश सरांगकोटी लगायतले आ आफ्ना धारणा राखेका थिए ।हेर्नुस शिब भण्डारीले तयार गरेको कार्यक्रमको स्थलगत भिडियो-

सेमिनार मुख्यत नेपालमा लगानी तथा व्यापारका लागि रहेका अवसर तथा चुनौतिहरुको विषयमा केन्द्रित रहेर गरिएको थियो ।