काठमाडौं- सिरहा क्षेत्र नम्बर ४ बाट राजपाका उम्मेदवार राजकिशोर यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
पूर्व सूचना तथा सञ्चारमन्त्री समेत रहेका यादव २१ हजार १ सय ४४ मतसहित निर्वाचित भएका हुन् ।
यादवले माओवादीका उम्मेदवार अजयशंकर नायकलाई ३ हजार ५ सय ६९ मतअन्तरले हराएका हुन् ।
पूर्व कानुनमन्त्री नायकले १७ हजार ५ सय ७५ मत प्राप्त गरेका छन्






