अछाम- अछाम जिल्लाको १ सय २९ मतदान स्थलमध्ये १ सय २७ मतदान स्थलका मतपेटिका सदरमुकाम पुर्याइएको छ ।
दुई मतदान स्थल तुका मावि वर्मेली खप्तड र भुलुरहफको एउटा मतदान स्थलको मतपेटिका ल्याउन विकटताका कारण हेलिकोप्टर ल्याउने तयारी भइरहेको जिल्ला निर्वाचन अधिकारी प्रेमराज भट्टले बताउनुभयो ।
सबै मतपेटिका सदरमुकाम ल्याइसकेपछि मात्रै मतगणना सुरु गरिने भट्टले जानकारी दिनुभयो ।






