वीरगन्ज- जिल्ला समन्वय समिति, पर्साको भएको चुनावमा सङ्घीय समाजवादी फोरम नेपाल र वाम गठबन्धनले जीत हासिल गरेको छ ।
शुक्रबार सम्पन्न निर्वाचन प्रक्रियाको मत परिणाम अनुसार सभापतिमा नेक महम्मद अन्सारीले १७ मत पाएका छन् भने उपसभापति नेकपा एमालेका ठाकुरप्रसाद न्यौपाने निर्विरोध भएका छन् ।
त्यसैगरी सदस्यहरूमा एमालेकी सड्डितादेवी दुसाधिनले २१ मत, माओवादीकी गिरिजादेवीले २२, फोरम नेपालकी प्रेमकुमारी सिंह क्षत्रीले १९, माओवादीका रामजी महतोले २२, फोरम नेपालका आमोदप्रसाद यादवले २० मत ल्याई विजयी भएका छन् ।
शुक्रबार सम्पन्न निर्वाचन प्रक्रियामा नेकाका उम्मेदवार जतन राउत कुर्मीले १० मत पाएका थिए । निर्वाचन प्रक्रिया शुरू हुँदा मनोनयन दर्ताको बेला नेका र वाम गठबन्धनले संयुक्तरूपमा मनोनयन दर्ता गराएका थिए ।
उता फोरम नेपालले एकल उम्मेदवारी दिएको थियो । तर वाम गठबन्धनका ठाकुरप्रसाद न्यौपानेलाई उपसभापतिमा उठाएर फोरमसँग वामले गठबन्धन गरेको थियो । वामले कांग्रेसलाई धोका दिएर फोरमसँग मिलेपछि एमालेका न्यौपाने उपसभापतिमा निर्विरोध भएका हुन् ।






