दलहरुबीच पूर्ण सहमति हुनै सक्दैन

नेपाली कांग्रेसका नेता आनन्द ढुंगानाले राजनीतिक दलहरुबीच पूर्ण सहमति हुनै नसक्ने बताएका छन् । रिपोटर्स क्लबले बुधबार राजधानीमा गरेको कार्यक्रयममा उनले देशै विभाजन गर्ने मत पनि आएको भन्दै धेरैभन्दा धेरै दलहरुको सहमतिमा संविधान जारी गरिने बताए ।
कार्यक्रममा नेकपा एमालेका सचिव योगेश भट्राईले विपक्षी दलहरु सहमतिमा आउने भए प्रश्नावली समितिको काम केही समय थाँती राख्न सकिने तर त्यसलाई खारेज गर्न नसकिने बताए ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोराले सहमति गर्ने हो भने पनि यति दिनभित्र सहमति गर्ने भनी सीमा तोक्नुपर्ने धारणा राखे । एकीकृत माओवादीका नेता लीलामणि पोखरेलले भने वार्ताको वातावरण बने मात्रै आफूहरु वार्तामा आउने बताए ।