कुन कुन जिल्लामा हुँदैन आज मनोनयन ?

काठमाडौं– आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारबाट मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । मनोनयन दर्ता कार्यक्रम बिहान १० देखि अपराह्न ५ बजेसम्म चल्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि मनोनयन दर्ता हुन लागेको हो ।

पहिलो चरणको निर्वाचन सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुङ्गा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा हुनेछ ।