ओलीको प्रधानमन्त्री देउवालाई प्रश्न: चुनावकाबेला मन्त्री किन चाहियो ?

काठमाडौ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सविधानसभाबाट रुपान्तरित व्यवस्थापिका संसदले सफलतापूर्वक काम सम्पन्न गरेको भन्दै खुशी व्यक्त गरेका छन् ।

संसदको अन्तिम दिन संसदमा आज शनिवार बोल्दै उनले सविधानसभालाई समानुपातिक समावेशी बनाएर सविधान निर्माण गर्ने काम भएको धारणा राखे । उनले सविधान निर्माणसँगै ठूल्ठूला उपलब्धि प्राप्त भएको उल्लेख गर्दै सविधानसभाबाट सविधान जारी हुनुपर्छ भनि भूमिकामा धेरै दलहरु रहेको धारणा राखे ।

उनले भने– धेरै महत्वपूर्ण काम भएको छ, त्यो हो सविधानसभाबाट सविधान निर्माण त्यसका लागि यसमा योगदान दिने सबैलाई धन्यवाद दिन चाहन्छु ।’ यसै प्रशंगमा उनले भने– ‘अब यो नितान्त काम चलाउन सरकार हो, यसले निर्वाचन गराउने काम हो ।’ तोकिएको समयमा निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउन केन्द्रीत हुन पनि उनले सरकारकाे ध्यानाकर्षण गराए ।

‘सुनिदैछ, मन्त्री ७० भन्दा ६ कम मात्र रहेको छ । निर्वाचन गराउनकै लागि यतिका मन्त्री किन ?’ जुलस निकाल्ने हो ? उनले संसदमा प्रधानमन्त्री देउवातर्फ लक्षित गर्दै प्रश्न गरे ।

‘म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु थप मन्त्री किन चाहियो कुस्ती त खेल्नु हुन्न नि ।

कोलम्बियामा मन्त्री धेरै भयो भनि सोध्दा प्रधानमन्त्री देउवाले ६०१ को ६१ प्रतिशत मन्त्री बनाउने प्रावधान सविधानमा रहेको जवाफ दिएको कुरा पनि अध्यक्ष अ‍ोलीले संसदमा दावी गरे ।

‘कतिपय मन्त्री बन्दैछन् भनि सुनेको छु, भोलि समानुपातिक भइन्छ भइदैन, जितिन्छ कि जितिदैन अहिले नै मन्त्री भइहालौं लागेर मन्त्री बन्न मन लागेको छ, यो अवस्थामा बधाई दिन पनि नसकिने भयो भन्दै उनले भने । यसमा प्रतिपक्षी दलको आपत्ति रहेकाे भन्दै यो आचारसहिंता विपरित भएकाे पनि उनले दाबी गरे ।

उनले पछिल्लाे पटक पठाइएको मन्त्रीको नाम फिर्ता लिन पनि आग्रह गरे । ‘किन चाहियो यति मन्त्री, मन्त्रीको जुलुस निकाल्नु हुन्छ कि क्या हो’ भन्दै ओलीले प्रधानमन्त्री देउवालाई ब्य‌ग्य गरे, ‘यो काम चलाउ सरकार हो, यसलाई कसैले ढाल्दैन, तपाईले बहाना बनाउँदै हुनुहुन्छ ।’

संसद समाप्त भएपछि के के गरिरहेको छ, त्यसको अनुमान गर्न सकिन्छ, किस्ता किस्तामा छकाई छकाई किन यस्तो गरेको भनि प्रधानमन्त्री समक्ष ओलीले जिज्ञासा राखेका छन् । माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिदैनौ, सरकारलाई असहयोग गर्दैनौ भनि आफूसँग पनि कुरा गरेको त्यसमा आफूलाई कुनै असहज नभएको पनि उनले धारणा राखे ।

निर्वाचन आयोगले मन्त्रिपरिषद् किन विस्तार गरेको भनेको तर सरकारले त्यसलाई अटेरी गरेको पनि अ‍ोलीले आरोप लगाए । सरकारले तोकिएको समयमा निर्वाचन शान्तिपूर्ण वातावरणमा गराउनुपर्ने तर आचारसंहिता पालना गर्नु नपर्ने हो भनी अाेलीले प्रश्न गरे । आचारसहिता/कानुन हो पालना गर्नुपर्नेमा सरकारले नै निर्वाचन नजिकिदै गर्दा मन्त्री थप्नु लोकतन्त्रको उपहास भएकोसमेत अाेलीले दावी गरे ।