काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएन) को आठौं विश्व सम्मेलन काठमाडौंमा सुरु भएको छ ।
काठमाडौंको होटल हायातमा शनिबारदेखि सम्मेलन सुरु भएको हो ।
राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गरेको सम्मेलनमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालगायत उच्च पदस्थ सरकारी अधिकारीको समेत सहभागिता रहेको थियो ।






