प्रधानमन्त्री चन्द्रशमशेर राणाले १९६० सालमा १७ सय कोठाको सिंहदरबार एक बर्षमा निर्माण सम्पन्न गराएका थिए ।
तर, अहिले दुईतलाको एउटा भवन ९ बर्षमा पनि निर्माण हुँदैन ।
यसको ज्वलन्त उदाहरण भएका छन्, सहरी विकास तथा भवन निर्माण विभागअन्र्तगतका ३१ जिल्लाका १ सय ३३ वटा सार्वजनिक भवन ।
सहरी विकास मन्त्रालयले ती भवनलाई रुण अयोजनाका रुपमा राखेर छानविन सुरु गरेको छ ।






