सार्वजनिक कार्यक्रममा महिलाको अपमान भएपछि कार्यक्रम बहिष्कार

गुल्मी २२ माघ । गुल्मीको हस्तीचौरमा विहिवार  भएको खुल्ला दिशामुक्त गाविस घोषणा कार्यक्रममा पत्रकार महिला र अधिकारकर्मी महिलाहरुलाई अपमान गरिएको छ । खुल्ला दिशामुक्त गाविस घोषणा सभामा सहभागी प्रेश चौतारी नेपालका केन्द्रिय सदस्य तथा सञ्चारीका समुह गुल्मीका अध्यक्ष गगनशिला खड्का,महिला मानव अधिकार रक्षक सञ्जाल गुल्मीका अध्यक्ष सिता भुषाल र रेडियो रेसुङ्गाका स्टेशन म्यानेजर अनिता खत्रीलाई अपमान गरिएको हो । पत्रकारीता जस्तो गरीमामय क्षेत्र र आम महिलाहरुको अधिकारका लागि निरन्तर आवाज उठाउने महिला अधिकार कर्मीको अपमान आफुहरुलाई सहिय नभएको अधिकारकर्मी महिलाहरुले बताएका छन् । राज्यले चौथो अंगका रुपमा राखेको पत्रकार र पत्रकारीता जगतलाई अतिथि आसन ग्रहणका क्रममा क्रमबद्धता नमीलाई अन्तिममा गराईएको आतिथ्यताले आम्मसम्मानमा ठेस पुगेको प्रेश चौतारी नेपालका केन्द्रिय सदस्य गगनशिला खड्काले बताउनुभयो । उहाँले यस्तो क्रियाकलाप सिंगो पत्रकारीता र आम महिलाहरुलाई गरिएको अपमान जनक व्यवहारका रुपमा लिएको बताउनुभयो ।

Hasticharuअहिले गाउँ गाउँमा सार्वजनिक रुपमा भएका खुल्ला दिशामुक्त गाविस घोषणा अभियानलाई सफल बनाउन महत्वपुर्ण योगदान पु¥याउने आम महिलाहरुको अपमान गरेको महसुस गर्दै उनीहरुले कार्यक्रम बहिष्कार गरेका छन् ।  औपचारीक कार्यक्रम सञ्चालनका क्रममा उद्घोषकले नाम लिएपनि पत्रकार महिला र महिलाअधिकारकर्मी मञ्चमा नगई कार्यक्रम बहिष्कार गरेको महिला मानव अधिकार रक्षक सञ्जाल गुल्मीका अध्यक्ष सिता भुसालले बताउनुभयो । घोषणा सभामा महिलाहरुको अत्याधिक उपस्थिति रहेपनि मञ्चमा भने एक जना मात्रै महिलाको सहभागीता रहेको थियो । आफु एक सञ्चारकर्मी र रेडियोको जिम्मेवार पदमा रहेपनि महिला भएकै कारण आफु अपमानित हुनु परेको रेडियो रेसुङ्गाकी स्टेनशन म्यानेजर अनिता खत्रीले बताउनुभयो ।