लन्डन– ‘दसैं धमाका’का लागि चर्चित गायक तथा मोडलहरु बेलायत आउने भएका छन् ।
श्री सिद्धार्थ एवं नेपलिज इन्टरटेन्मेन्ट ग्रुपको आयोजना र नेपालीपत्रको सहकार्यमा बेलायतका विभिन्न सहरमा हुन लागेको ‘दसैं धमाका’ का लागि गायक कालिप्रसाद बास्कोटा, हेमन्त राना र मोडल एवं अभिनेत्री सुष्मा कार्की आउने भएका हुन् ।
बास्कोटाका ‘निर जहिले रिसाउने’, ‘पारी त्यो डाँडामा हेर’, ‘लैजाउ घुमाउन मलाई ठमेल बजार’ जस्ता गीत चर्चित छन् भने ‘सुन साइली’ लगायतका गीतबाट हेमन्त राना चर्चित छन् ।
सेप्टेम्बर दोश्रो हप्ता बेलायत आउने कलाकारहरुले अल्डरटस्थित एम्पायर हलमा सेप्टेम्बर १५ साँझ कार्यक्रम गर्नेछन् भने १७ सेप्टेम्बरमा लन्डन हयारो बरो फुटबल क्लव, २३ मा रेडिङस्थित किन्की कोला र २४ सेप्टेम्बरमा प्लमस्टिडमा कार्यक्रम गर्ने तय भइसकेको छ ।यसै बीच नेपालका बाढीपीडितको सहयोगार्थ ‘माया पव’ मा एक च्यारिटी नाइट गर्ने कार्यक्रम छ ।






