राजेन्द्रमान भए डिआइजीमा बढुवा

गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रमान श्रेष्ठ लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा गरेको छ ।

-२०४६ फागुन २८ मा इन्स्पेक्टरको टोलीमा भर्ना भएका राजेन्द्रमान श्रेष्ठ सुरुदेखि नै ‘टप थ्री’ मा थिए ।

-श्रेष्ठले सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की एउटै ब्याचका अब्बल अधिकारीका रूपमा पहिचान बनाएका छन् ।

-उनै चारमध्ये तीनजना डिआइजी बढुवाको सिफारिस परीसकेका छन् । तर, एक वर्षदेखि ‘बेड’मा अचेत रहेका श्रेष्ठको बढुवा नभएपछि चौतर्फी आलोचना भएको थियो ।

-गत बर्षको साउन १५ गते ब्याडमिन्टन खेल्दाखेल्दै उनी बेहोस भएर ढलेका थिए । मुटुको धड्कन बन्द हुुदा असर मस्तिष्कमा पर्यो ।

-उनी अहिले पनि अस्पतालमा उपचार गराउँदै आएका छन् । मस्तिष्कबाहेक उनका सबै अंग सामान्य छन् ।

-श्रेष्ठ रेगुलर ब्याडमिन्टन खेल्ने र कम्तीमा ७ किलोमिटरसम्म दौडने गर्थे ।