स्कुटीमा राख्दा राख्दै १८ लाख लुटियो

कलंकी बस्ने सरस्वती आचार्यको साथबाट बुधबार (आज) बिहान सवा ११ बजे १८ लाख रुपैयाँ लुटिएको छ । नयाँ बानेश्वरस्थित ग्लोबल आइएमइ बैंकबाट रकम निकालेर स्कुटरको डिक्कीमा राख्नेक्रममा पल्सरमा आएका दुई व्यक्तिले उनको साथमा रहेको १८ लाख रुपैयाँ लुटेर फारार भएको प्रहरीले जनाएको छ ।
लुटपाटपछि प्रहरीले बानेश्वरको विभिन्न स्थानमा चेकजाँच गरेपनि केही पत्ता लगाउन सकेको छैन । शंकास्पद केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।