छानविन समिति नौटंकी : खगेन्द्र जीसी

न्यूयोर्कः अदालतले चुनावको विषयमा टुंगो लगाइ सकेको हालको अवस्था कमिटी गठन गर्नुको कुनै औचित्य नरहेको बताइएको छ ।

यस्तो अवस्थामा कमिटी गठन गरेर छानबिन गर्छु भन्नु वर्तमान कार्य समितिको नौटंकीमात्र भएको भनाइ सम्बन्ध क्षेत्रका विज्ञहरूबाट छ । सम्मानित अदालतको निर्णय विपरीत गएर कमिटि गठन गरी काम कारवाही अगाडि बढाउनु अदालतको मानहानी हुने हुँदा सोको कारवाही समेत हुन सक्ने ठम्याइ विज्ञहरूको रहेको छ ।
त्यसैले यस्तो विषयमा संवेदनशील भई अगाडि बढ्न उहाँहरूको सुझाव छ । अहिले कार्य समितिमा भएका साथीहरूले यस्तो कार्य गर्नु थियो भने चुनाव हुनुभन्दा एक वर्ष नै को कुन पदका लागि दावेदार बन्न सक्छ भनेर पहिचान गर्नु पर्थ्यो,’ उहाँले भन्नु भयो । अहिले यसो गर्नु भनेको चुनाव नगराउने प्रपन्च र षडयन्त्र भएको अधिकांश आप्रवासी नेपालीहरूको भनाइ छ ।
एनआरएन अमेरिकाका पूर्व अध्यक्ष एवम् हाल आइसीसी सदस्य र नेपाल सरकार एनआरएनका सल्लाहकार समेत रहेका खगेन्द्र जीसीले अदालतमा गइसकेको मुद्दालाई अहिले छानबिनमा ल्याउनुको कुनै अर्थ नरहेको बताएका छन् । प्रेस विज्ञप्तीमार्फत आएको उहाँको भनाइले पनि हालको कार्यसमितिले अदालतको अपहेलना गरी षडयनत्र गरिरहेको बुझ्न सकिन्छ । साथीहरूसँग छलफलै नगरी बिना सल्लाह मनोमानी ढंगबाट सदस्यको चयन गरी समिति बनाउनु र अदालतले टुंगो लगाइ सकेको विषयलाई फेरि समिति बनाइ छानबिन गर्ने भनि नौटंकी गर्नु अदालतको निर्णयको अवहेलना भएको जीसीको आशय छ ।
एनआरएनए अमेरिकाको वर्तमान कामचलाउ कार्यसमितिले हिजो एनआरएन अमेरिकाको विगतदेखि हालसम्मका पदाधिकारीहरुको अभिलेख र दस्तावेज संकलन गर्नका लागि भन्दै जीसीसहित तीन सदस्यीय समिति गठन गरेको थियो । ‘यस्तो औचित्यहिन समितिमा आफू नबस्ने भन्दै आज जीसीले प्रेस विज्ञप्तीमार्फत आफ्ना भावनाहरू सार्वजनिका गरेका छन् ।
सुरेश कोइराला