लन्डन– हिन्दू महिलाहरुले विगतमा झैं यस वर्ष पनि धूमधामसाथ तीज मनाएका छन् । हरितालिका तीजका अवसरमा बेलायतमा पनि नेपाली हिन्दू महिलाहरुले ब्रत, उपासना र उत्सवकैरुपमा तीज मनाउने गर्छन् । तीज आउनु दुई साताअघि नै सुरु भएको तीजे कार्यक्रमको रमझम ऋषिपञ्चमीसम्म जारी रहन्छ ।
साउथ इस्ट लन्डनको रडिकल कलबमा गत शनिबार निकै नै रमाइलो माहोलमा तीज कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।
औपचारिक भाषण र खादा प्रवृत्ति अनुशरण नगरिएको उक्त कार्यक्रममा कार्यक्रम संयोजक माया केसीले तीजको शुभकामना दिंदै चेलीबेटीहरु नेपाल जान नसकेपनि माइती सम्झेर तीज मनाउने माहोल सृजना गरिएको बताइन् ।
कार्यक्रममा रास्ट्रिय कलाकार चर्चित गायक याम क्षेत्रीको तीजका कोसेली सहित आफ्नो सांगीतिक बेजोड प्रस्तुतिले रौनक ल्याएको थियो ।
कार्यक्रममा आशा गरेको भन्दा धेरैको संख्यामा सहभागीहरु आइदिनुभायो । यसले हामीलाई नेपाली लोकसंगीत र संस्कृति सम्बन्धि थप काम गर्न हौसला प्रदान गरेको छ कार्यक्रम संयोजक श्रद्धा थापाले भनिन् ।
यसै बीच कार्यक्रम संयोजन माया केसी भन्छिन -तीजको शृंगारमा सजिएर सहभागी भएका नेपाली महिलाहरु देख्दा नेपालमै भएको झल्को दिन्थ्यो । कार्यक्रमलाई सहयोग गरि सफल पारिदिनुभएकोमा उपस्थित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद समेत ब्यक्त गरेकी छीन् ।–छम छम नाचेको भिडियो—
photos: Narendra Basnet










