प्रधानमन्त्रीको भारत भ्रमण अगाडिको ‘दवाव’

काठमाडौं– पछिल्लो समय भारत र चीनबीच बढेको तनावको असर नेपालमा पर्छ या पर्दैन भन्ने चर्चा नेपालीवीच चलेको छ । यद्यपी यसबारे आ–आफ्नै बहस र विश्लेषण भइरहेका छन् ।
छिमेकी दुई ठुला मुलुकबीच तनाव कायमै रहेका बेला नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएपछि यसबारेको थप चर्चा भएको हो । देउवाको भ्रमणपूर्व चीन र भारतबाट पनि दुई महत्वपूर्ण भ्रमण हुँदैछन् । यस्ता भ्रमण प्रधानमन्त्रीको भ्रमणको लागि दवावमूलक हुन सक्छन् ।
डोकलाम विवादसँगै चीन र भातवीचको तनाव बढेको छ र यसमा दुवै छिमेकीले नेपालको सदभाव खोजेका छन् । तर, परराष्ट्र मन्त्रालयले चाहीँ पत्रकार सम्मेलन गरेर यो विषयमा नेपाल तटस्थ बस्ने बताएको छ । निस्क्रिय तटस्थ बस्ने वा दुवै पक्षलाई वार्ताका लागि सहजीकरण गर्ने भन्ने विषयमा पनि बहस छ ।

प्रधानमन्त्री देउवाले अवको दुई सातापछि (भदौ ७ ) भारत भ्रमण गर्ने तयारी गरेका छन् । दुई छिमेकीवीच बढ्दो तनावकावीच प्रधानमन्त्री देउवाको भारत भ्रमण विवादमा तानिने हो कि भन्ने चिन्ता पनि गरिएको छ ।
देउवाका भारत भ्रमण अगाडि चीन र भारतबाट उच्चस्तरी भ्रमण हुँदैछन् । प्रधानमन्त्री देउवाको भारत भ्रमणअघि साउन २६ गते भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउँदैछिन् । उनी विमेस्टेक बैठकमा सहभागी हुन नेपाल आउन लागेकी हुन् । भ्रमणका बेला हुने भेटमा डोकलाम विवाद पनि संवादमा रहन सक्ने बताइएको छ ।

स्वराजको भ्रमणलगत्तै चिनियाँ उपप्रधानमन्त्री औपचारिक भ्रमणमा नेपाल आउँनेछन् । चिनियाँ उपप्रधानमन्त्री वाङ याङ (साउन ३०) मा नेपाल आउँदैछन् ।

प्रधानमन्त्रीको छिमेकी देशको भ्रमण हुनुअघि दुवै देशबाट हुन लागेको उच्चस्तरीय भ्रमण विवादमा तानिने खतरा पनि हुन्छ ।
यद्यपी चीनका उपप्रधानमन्त्रीको भ्रमणमा विवादित कार्यसूचि छैन्, जवकि स्वराज वैठकका लागि आउन लागेकी हुन् । तै पनि उनीहरुले डोकलाम विवादमा नेपालको समर्थन खोज्न सक्ने सम्भावना छ । उनीहरुले यो विषय उठाए मात्र नेपाल जवाफ दिने तयारीमा छ । वार्ताबाट समस्याको समाधान गर्न नेपालको सुझाव रहने बताइएको छ ।

चिनियाँ विदेश मन्त्रीको भ्रमणमा दरवार स्कूल, बसन्तपुर दरवार, नुवाकोट दवरारको पुर्ननिर्माणसम्बन्धी समझ्दारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।