भरतपुर १९ मा कांग्रेसको प्यानलै विजयी

भरतपुर– भरतपुर १९ को मतगणना सकिएको छ । भरतपुर १९ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार कर्णबहादुर गुरुङ १४७८ मतका साथ प्यानलसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एमाले उम्मेदवारले १०९७ मत ल्याए ।
१९ वडाको मतगणना सकिँदा मेयरका उम्मेदवार देबी ज्ञवालीले ४१ हजार ९४६ मत ल्याएका छन् भने रेणु दाहालले ४१ हजार ७२५ मत ल्याएकी छन् । यस्तै उपप्रमुखमा एमालेका उम्मेदवारले ३८६०५ मत पाउँदा कांग्रेसका उम्मेदवारले ४५६२३ मत ल्याएका छन् ।