प्रधानमन्त्री देउवा भदौ दोस्रो साता भारत भ्रमणमा

नयाँ दिल्ली- प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ ८ गते भारत भ्रमण आउने भएका छन्। भारतमा उच्च तहमा भेटघाट हुने गरी मिति तय भएको भारतीय स्रोतले जनाएको छ।

भ्रमणका बाँकी तालिना तथा एजेण्डा भने तय हुन बाँकी रहेको छ। प्रधानमन्त्री देउवा भ्रमणको लागि कुन दिन आउने त्यस बारे निधो भएको छैन्, श्रोतले जानकारी दिएको छ।

भारतकालागि नेपाली राजदूत दीपकुमार उपाध्याय र विदेश मन्त्रालयबीच मंगलबार भएको छलफल पछि यो मिति तय भएको हो। श्रोतका अनुसार भारतीय पक्षले नै अनुकुलता अनुरुप अगस्त ८ गतेको मिति बारे प्रस्ताव गरेको थियो। प्रधानमन्त्रीको रुपमा देउवाले यो ते श्रो भारत भ्रमण हुनेछ।

प्रधानमन्त्रीको आसन्न भ्रमणमा विगत केही समयदेखि गृहकार्य भइरहेको सानातिना चार पाच वटा विषयगत संझौता हुने सम्भावना रहेको दूताबास श्रोतले जनाएको छ।