लण्डन साउथ ह्यारोमा नेपाली युवाले खोले ‘माया पब ‘

लन्डन । लन्डन साउथ ह्यारोमा नेपाली युवाहरुको समुहले नयाँ पब खोलेका छन् ।

युवा व्यवसायी सिद्धार्थ बिक्रम क्षेत्रि ,रविन गुरुङ , शिवन पुन र रन्जन राजबंशि को समुहले ‘माया पब ‘ नामक पब सञ्चालन गरेका हुन् ।

नयां व्यवस्थापनमा सञ्चालन भएको पब को औपचारिक उद्घाटन भने भएको छैन । विशिष्ट ब्यक्तित्वहरुको साथै स्थानियहरु समेत को उपस्थितीमा केही दिन भित्र एक समारोह बिच उद्घाटन गर्ने सिद्धार्थ बिक्रम क्षेत्रिले जनाए ।

२ सय ५० सिट क्षमताको उक्त पबमा मुख्यत कन्टिनेन्टल खाना र केही नेपाली खानाका अाइटमहरु समेत उपलब्ध गराउने संचालक रबिन गुरुङ्ले बताए ।

बिभिन्न इभेन्ट , कार्यक्रम तथा प्राइभेट समारोहहरुका लागि समेत हल बुकिंग को उपलब्ध हुने संचालकहरुले बताएका छन् ।