अस्ट्रेलिया- प्रवासी नेपालीहरूको संगठन एनआरएन अस्ट्रेलियाको अध्यक्षमा टोनु घोताने निर्वाचित भएका छन् ।
शनिबार अस्ट्रेलियाका विभिन्न ८ राज्यहरूमा सम्पन्न निर्वाचनमा अध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका थिए ।
जसमा सबैभन्दा धेरै २ हजार बढी मत ल्याएर मेलबर्नका घोताने विजयी बनेका हुन् । त्यसैगरी महासचिवमा नारायण कोइराला, सचिवमा देव गुरुङ र विभिन्न राज्यहरूमा ८ जना उपाध्यक्ष चुनिएका छन् । न्यु साउथ वेल्स राज्यबाट नन्द गुरुङ, क्यानबेराबाट राजन ढुंगेल, दक्षिण अस्ट्रेलियाबाट अशोक केसी, नर्दन टेरिटोरीबाट हरिराम रिजाल, पश्चिम अस्ट्रेलियाबाट दीपक शर्मा, भिक्टोरियामा केशव कँडेल निर्वाचित भएका छन् ।
क्युन्सल्यान्डबाट सन्तोष कुँवर निर्विरोध निर्वाचित भएका थिए । यसैगरी अन्तर्राष्ट्रिय समन्वय समितिमा जानकी पौडेल, दीपककुमार भट्टराई, केदार रिजाल, उषाकिरण बारिया, गोकुल घिमिरे, राज थपलिया निर्वाचित भएका छन् । जम्मा ८ हजार ३ सय मतदाता रहेको यस निर्वाचनमा ५ हजार ५ सय १३ मत खसेको थियो ।






