प्लमस्टिडमा नेपाली प्रतिभा साँझ कार्यक्रम हुँदै

लन्डन– ‘आजको आवश्यकता नेपाली मौलिकता नै सही राष्ट्रियता’ भन्ने नारासहित प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा ‘नेपाली प्रतिभा साँझ’ हुने भएको छ ।IMG_1731

आगामी अगस्त १३ तारिख दिउँसो ३ बजेदेखि राति ११ बजेसम्म मनोरञ्जनात्मक तथा विविध सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । विश्वले नेपाललाई चिन्ने अनेक पहिचानमध्ये स्थायी आधार स्तम्भ नेपाली मौलिकता चिनाउन कार्यक्रम आयोजना गरिएको हो ।

खस समाज युकेको मुख्य आयोजनामा नेपाली मौलिक संस्कृतिको विकास र संरक्षण गर्ने प्रयासस्वरुप ‘बाल तथा युवा प्रतिभा नक्षत्र’ हुन लागेको हो । नेपाली मौलिकता प्रति समर्पित नेपाली प्रतिभाहरुको पहिचान, प्रोत्साहन र विकास गर्दै लैजाने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमबाट नेपाली कला, संस्कृति, भाषाको संरक्षण गर्दै नयाँ पुस्तालाई यसमा आकर्षित गरि राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन टेवा पुर्‍याउने लक्ष्य लिइएको छ ।

कार्यक्रम दुई चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा ५ देखि १५ वर्षसम्मका बालबालिकाले प्रतिभा प्रस्तुत हुनेछ भने दोस्रो चरणमा १५ देखि ३० वर्षसम्मको युवायुवतीले प्रतिभा प्रस्तुत गरिनेछ ।
यस्तै उत्कृष्ट तीन महिला, पुरुषलाई नगद तथा अन्य सम्मानबाट पुरस्कृत गरिनेछ। कार्यक्रममा बेलायतमा रहेका सबै नेपाली संघ(संस्था र संगठनको प्रतिनिधित्व गर्दै वा व्यक्तिगत रुपमा सहभागी हुन पनि पाउने छन् ।

सहभागीका लागि २५ पाउण्ड तोकिएको छ भने प्रवेश शुल्क १० पाउण्ड रहेको छ ।