इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार चेल्सी र म्यानचेस्टर सिटीले एक–एक अंक बाडेका छन् । गएराति चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीको विजयी यात्रालाई म्यान सिटीले बराबरीमा रोकेको हो । शीर्ष स्थानमा रहेको चेल्सीले बराबरीपछि पनि अंक तालिकामा पाँच अंकको अग्रता भने कायम राखेको छ ।
२३ खेलको समाप्तीसम्म चेल्सी ५३ अंकका साथ शीर्ष स्थानमा कायम रहँदा ४८ अंकका साथ साविक विजेता म्यानसिटी दोस्रो स्थानमा यथावत रह्यो । दुवै टिमले खेलको पहिलो हाफमा गोल गरेका थिए । खेलको ४२ औँ मिनेटमा लोइस रेमीको गोलबाट चेल्सीले अग्रता लिएपनि पहिलो हाफको अन्तिम समयमा डेभिड सिल्भाले गोल फर्काउँदै म्यानसिटीलाई बराबरीमा ल्याए ।
यस्तै, गएराति भएका अन्य खेलमा हल सिटी विरुद्ध न्यूकासल युनाइटेडले ३–० को जित दर्ता गरायो ।
यसैगरि एभर्टनले क्रिस्टल प्यालेसलाई १–० ले पराजित गर्दा वेष्टह्याम युनाइटेड विरुद्ध लिभरपुलले २–० को जित निकाल्यो ।
म्याचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ३–१ गोलले पराजित ग¥यो भने क्वीन्स पार्क रेन्जर्स (क्यूपीआर) पनि स्टोक सिटीसँग ३–१ ले नै पराजित भयो ।
सन्डरल्याण्डले बर्नले विरुद्ध २–० को नतिजा निकाल्दा वेष्टब्रोमविच आल्बियन विरुद्ध टोटनह्याम हट्सपर ३–० ले विजयी भयो ।
लिग तालिकामा म्यानचेस्टर युनाइडेट ४३ अंकका साथ तेस्रो स्थानमा छ भने २२ खेल मात्रै खेलेको साउथह्याम्टन ४२ अंकका साथ चौथो स्थानमा छ ।
चेल्सी र म्यानसिटीले अंक बाँडे






