नवनिर्वाचित मेयरले गरे सरकारी सुविधा नलिने घोषणा

नवलपरासी। नवलपरासीको सुनवल नगरपालिकामा नवनिर्वाचित मेयर भीमबहादुर थापाले आफूले पाउने सरकारी सुविधा नलिने घोषणा गरेका छन् ।

मतदाताहरुसँग गरेको प्रतिबद्धताअनुसार थापाले विजयी भएलगत्तै आफूले पाउने तलबभत्ता सुविधा नलिने घोषणा गरेका हुन् ।

नगरपालिका क्षेत्रभित्र रहेका अशक्त र असहायहरुका लागि छुट्टै कोष खडा गरेर उनीहरुको हेरचाहका लागि रकम खर्च गर्ने थापाको भनाइ छ ।